डोनाल्ड ट्रम्पको परिवारमा फेरि कोरोनाभाइरसको संक्रमण
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवार फेरि कोरोनाभाइरसको चपेटामा आएको छ । यसअघि स्वयं राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया कोरोनाभाइरसबाट संक्रमित भएका थिए । अहिले ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर संक्रमित भएका छन् । संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाइनमा छन् । प्रवक्ताका अनुसार उनको यसै साता कोरोनाभाइरस परीक्षण गराइएको थियो ।
सीएनएनका अनुसार संक्रमित भए पनि उनीमा कुनै लक्षण देखिएको छैन । उनी शुक्रबारदेखि क्वारेन्टाइनमा छन् र उनले सबै दिशानिर्देशको पालना गरिरहेको समाचारमा जनाइएको छ । ४२ वर्षीय जुनियर ट्रम्प परिवारमा संक्रमित हुने पछिल्ला सदस्य हुन् । अमेरिकामा कोरोनाभाइरसका कारण अढाइ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । १ करोड २० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।







डिसी नेपाल








Facebook Comment