चीनलाई अमेरिकाको ठाडो चुनौती, ६० वर्षको इतिहासमा पहिलो पटक भयो यस्तो

डिसी नेपाल
६ मंसिर २०७७ १३:०२
504
Shares

काठमाडौं। अमेरिकाले चीनलाई ठाडो चुनौती दिँदै विगत ६ दशकमा कहिल्यै नभएको ठूलो कदम उठाएको छ । अमेरिकाले तिब्बतको स्वतन्त्रतालाई खुला समर्थन गर्दै केन्द्रीय तिब्बतियन प्रशासन (सीटीए) का अध्यक्ष लोब्साङ सांगेलाई ह्वाइट हाउसमा बोलाएको छ । शनिबार सांगे ह्वाइट हाउस गएका छन् । विगत ६० वर्षमा सीटीएका प्रमुख ह्वाइट हाउस प्रवेश गरेको यो पहिलो पटक हो ।

गत महिना सांगे अमेरिकाको विदेश विभागमा अमेरिकी सहायक विदेशमन्त्री तथा तिब्बती मामिलामा विशेष संयोजक रोबर्ट डेस्ट्रोलाई भेट्नको लागि निम्त्याइएका पहिलो सीटीए अधिकारी बनेका थिए । कैयौं दशकदेखि तिब्बती अध्यक्ष अमेरिकाको विदेश विभाग र ह्वाइट हाउसमा प्रवेश गर्न मानिरहेका थिएनन् किनकि अमेरिकाले स्वतन्त्र तिब्बत सरकारलाई मान्यता दिएको थिएन । अहिले भने अमेरिकाले खुला रुपमा स्वतन्त्र तिब्बतको समर्थन गरेको छ ।

लोबसाङ सांगेले २०११ मा सीटीएको अध्यक्ष बनेपछि विगत १० वर्षमा ह्वाइट हाउसका अधिकारीहरुलाई दर्जनौं पटक भेटेका थिए । यद्यपि ती बैठकहरु सधैं अज्ञात स्थलमा आयोजना गरिएका थिए । अहिलेको बैठक भने आधिकारिक रुपमा जानकारी दिएर ह्वाइट हाउसमा गरिएको हो । यो पछिल्लो राजनैतिक विकास अमेरिका र चीनबीच व्यापार, मानव अधिकार, छिमेकी देशसँग चीनको सम्बन्ध र कोरोनाभाइरस महामारीका कारण सम्बन्ध अत्यन्तै तनावपूर्ण भएको अवस्थामा भएको छ । यो बैठकप्रति गम्भीर आपत्ति जनाउँदै चीनले अमेरिकालाई बेइजिङको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.