अफगानिस्तानको काबुलमा एकपछि अर्को गर्दै लगातार २३ विष्फोट !
काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा आतंकवादीहरुले एकपछि अर्को गर्दै लगातार १४ रकेट प्रहार गरेका छन् । विष्फोटमा कम्तीमा ८ जना मारिएको समाचार एजेन्सी एएफपीले जनाएको छ । ‘आतंकवादीहरुले काबुलमा २३ रकेट प्रहार गरे । ८ जना मारिएका छन् र अन्य ३१ जना घाइते भएका छन्’ आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता तारिक अरियनले भने । उनले तालिबानमाथि आक्रमणको आरोप लगाएका छन् ।
स्थानीय समयअनुसार बिहान ९ बजे मध्य र उत्तरी काबुलका साथै उच्च सुरक्षा भएको दूतावासहरु र अन्तर्राष्ट्रिय कम्पनीहरु रहेको ग्रिन जोन नजिकै विष्फोट भएको हो । आतंकवादीहरुले १४ वटा रकेट काबुलमा प्रहार गरेका छन् । कुनै पनि समूहले विष्फोटको जिम्मेवारी लिएको छैन र तालिबानले जिम्मेवारी लिन अस्वीकार गरेको छ । पछिल्लो हप्तामात्र काबुलमा शिक्षण संस्थामा दुई भयानक विष्फोटमा ५० जनाभन्दा धेरै मारिएका थिए ।







डिसी नेपाल








Facebook Comment