सुरेन्द्र पाण्डेमाथि भएको घटनाको माधव नेपालद्वारा भत्र्सना

डिसी नेपाल
६ मंसिर २०७७ १८:०७
352
Shares

काठमाडौं। शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा नेकपा नगर वडा कमिटीको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सोही निर्वाचन क्षेत्रका निर्वाचित प्रंतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा केही युवाहरुले विथोलेका वरिष्ठ नेता माधवकुमार नेपालले भत्र्सना गरेका छन्। घटनापछि विज्ञप्ति जारी गर्दै नेता नेपालले यो घटनामा संलग्नमाथि कारबाही हुनुपनेसमेत बताएका छन्। उनले पार्टीमा यस्ता अराजक गतिविधि बन्द हुनुपर्नेसमेत बताएका छ।

नेता नेपालले भनेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु। सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जो सुकै भए पनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु।’

https://www.facebook.com/madhavnepaluml/posts/1591870764332706

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *