महामारीबारे छलफल भइरहेको जी–२० को सम्मेलनबाट बीचैमा उठेर गल्फ खेल्न गए ट्रम्प
काठमाडौं। राष्ट्रपतिको निर्वाचनमा पराजित भइसकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक निकै गैरजिम्मेवारीपूर्ण काम गरेका छन् । जी–२० को सम्मेलनको एक सत्रमा महामारीबारे चर्चा हुँदै गर्दा ट्रम्प बीचैमा उठेर गल्फ खेल्न गए । उनी सम्मेलनमा केवल १३ मिनेट बसेका थिए त्यसपछि उठेर हिँडेका उनी गल्फ क्लवमा देखिए । अमेरिकामा महामारीका सबैभन्दा धेरै केस र मृत्यु भएको अवस्थामा ट्रम्पको यो कार्यको निकै आलोचना भइरहेको छ ।
सीएनएनको रिपोर्टअनुसार ट्रम्प ह्वाइट हाउसको सिचुएसन रुमबाट सम्मेलनमा जोडिएका थिए । कूल १३ मिनेट उनी सक्रिय देखिए । त्यसपछि राष्ट्रपति चुनाबमा धाँधलीसँग सम्बन्धित उनका ट्वीटहरु देखिन थाले । ट्रम्पको यो व्यवहार यसकारण पनि आश्चर्यजनक थियो किनकि विश्वभरका २४ नेता यो सम्मेलनमा सहभागी थिए । सबैले महामारीका विषयमा सहयोग गर्ने बताए तर यता ट्रम्प भने सम्मेलनतर्फ ध्यान नै नदिइ निर्वाचनमा धाँधली भएको भन्दै ट्वीट गर्न व्यस्त थिए ।
त्यसपछि ट्रम्प गल्फ खेलिरहेका तस्वीर सार्वजनिक भए । ट्रम्पले जतिबेला सम्मेलन छाडे त्यतिबेला फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर एन्जेला मर्केल र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसहितका नेताहरुले महामारीसँग कसरी जुध्ने भन्ने विषयमा चर्चा गरिरहेका थिए । ट्रम्पले यो छलफलमा भाग लिएनन् ।







डिसी नेपाल








Facebook Comment