भारती जेल जाँदा कपिल शर्मा शोमा खैलाबैला, केही हप्ता भारती स्क्रिनबाट नहराउने

डिसी नेपाल
७ मंसिर २०७७ १६:५०

मुम्बइ। ड्रग्स लिएको आरोपमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई अदालतले जेल पठाएपछि द कपिल शर्मा शोमा खैलाबैला मच्चिएको छ । यससँगै शोको शुटिङमा प्रत्यक्ष असर पर्नेछ । यद्यपि आगामी केही हप्तासम्म भने भारती शोमा देखिनेछिन् ।

शोसँग सम्बन्धित सूत्रको हवाला दिँदै एक भारतीय अखबारले लेखेअनुसार शोको तालिका अनुसार कपिल शर्मा, भारती सिंह र उनको पूरा टिमले २५ र २६ नोभेम्बरमा सुटिङ गर्ने तय थियो । तर, भारती पक्राउ परेपछि टिममा खैलाबैला मच्चिएको छ । भारतीका सहकर्मी कलाकार अलमल्लमा परेका छन् र अब सुटिङ गर्ने कि नगर्ने निर्णय गर्न सकिरहेका छैनन् ।

सूत्रका अनुसार शोको तालिकामा अबको सुटिङ इण्डियन आइडलका केही कलाकारहरुसँग हुने तय छ । निर्माण पक्षले कुनै किसिमको नोक्सानी उठाउन चाहेको छैन । त्यसैले उनीहरु सुटिङ रद्द गर्ने पक्षमा छैनन् । निर्माण पक्षले क्रिएटिभ टिमलाई स्क्रिप्टमा परिवर्तन गरेर भारतीको सिन हटाउन भनेको छ । टिमले निर्देशनअनुसार काम सुरु गरिसकेको छ ।

अबका केही हप्तासम्मको लागि शोका केही एपिसोड सुटिङ गरेर राखिसकिएकोले ती एपिसोडमा भारती देखिनेछिन् । कपिल शर्मा छिटै आफ्नो वेब सिरिजको सुटिङ सुरु गर्दैछन् । यो सुटिङले उनको शोलाई कुनै नोक्सानी नहोस् भनेर केही एपिसोड सुटिङ गरिसकिएको छ ।

टिमले अभिषेक बच्चन र अजय देवगनसँग सुटिङ गरिसकेको छ । दुवै आफ्नो आउँदो फिल्म द बिग बुलको प्रमोसनको लागि आएका थिए । बरुण धवनले पनि फिल्म कुली नम्बर १ को प्रमोसनको लागि कपिलको टिमसँग सुटिङ गरिसकेका छन् । नवाजुद्दिन सिद्दीकीसँग पनि एउटा एपिसोड सुटिङ भैसकेको छ । यी सबै एपिसोडमा भारती पनि छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *