अमेरिकामा बर्गर लिन ४ किलोमिटर लामो लाइन, १४ घण्टासम्म लाइनमा कुरेर बसे
काठमाडौं। अमेरिकाको कोलोराडोमा मानिसहरु बर्गर लिनको लागि ४ किलोमिटर लामो लाइनमा बसे । लाइनको पछाडि हुनेहरुको पालो आउन १४ घण्टा लाग्यो तर उनहिरुले त्यति लामो समयसम्म पर्खेर बसे । ती सबै मानिसहरु आफूलाई मन पर्ने बर्गर खानको लागि लाइनमा बसेका थिए ।
इनसाइडरको रिपोर्टका अनुसार कोलोराडोमा कोलोराडोमा शनिबार चर्चित फूड चेन ‘इन एण्ड आउट’को आउटलेट खुलेको थियो । यसको जानकारी पाउनासाथ मानिसहरु रातको २ बजेदेखि लाइनमा बसे । जसको नतिजा कारहरुको ४ किलोमिटर लामो लाइन भयो । मानिसहल्े बर्गरको लागि १४ घण्टासम्म प्रतिक्षा गर्नुपर्यो ।
In other news, people are waiting HOURS for burgers at the new In-N-Out that opened today in Aurora, Colorado. Police say people are waiting as long as TWELVE hours! Aerials courtesy @9NEWS and @DenverChannel. #CNN pic.twitter.com/R1iZSwD5Lg
— Jennifer Feldman (@jenniferfeldman) November 20, 2020
आउटलेटका अनुसार पहिलो बर्गर केन भिज्जी नामका व्यक्तिलाई दिइयो । केनका अनुसार उनी मूल रुपले क्यालिफोर्नियाका हुन् । राती उनलाई निकै भोक लागेको थियो । त्यसैले उनले स्टोरको लेनमा कार पार्क गरे र त्यहीँ सुते । यो स्टोरमा ड्राइभ इन थ्रूको माध्यमबाट बर्गर दिइँदैछ ।
इन एन आउट ७० वर्ष पुरानो कम्पनी हो । अमेरिकाका ६ राज्यमा यसका आउटलेट छन् । क्यालिफोर्निया, नेवादा, एरिजोना, उटाह, टेक्सास र ओरेगनमा कम्पनीका आउटलेट छन् । कोरोराडोमा खुलेको नयाँ आउटलेट सातौं हो ।







डिसी नेपाल








Facebook Comment