बलिउड ड्रग्स केसः अनुसन्धान गर्ने निकाय एनसीबीका निर्देशकलाई तस्करले आक्रमण गरे
मुम्बइ। बलिउडमा ड्रग्सको जालोबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोको टिममाथि आइतबार आक्रमण भएको छ । मुम्बइको गोरेगांवमा एनसीबीका क्षेत्रीय निर्देशक आइआरएस समीन वानखेडे र उनको ५ सदस्यीय टिममाथि ड्रग्स तस्कर र अन्य गुण्डाहरुले आक्रमण गरेका हुन् । यस क्रममा दुई अधिकारी घाइते भएका छन् ।
एनसीबीबा अनुसार समीर वानखेडेको अगुवाइमा एनसीबीको टिम छापा मार्न गएको थियो । यस क्रममा ड्रग्स तस्करसहित ६० जनाजति मानिसहरु जम्मा भए र एनसीबीको टिममाथि आक्रमण गरे । यस क्रममा दुई अधिकारीलाई चोट लागेको छ । मुम्बइ पुलिसले स्थितिलाई नियन्त्रणमा लिएर ड्रग्स तस्करलाई पक्राउ गरेको छ ।
तस्करको नाम केरी मेन्डिस बताइएको छ । मुम्बइ पुलिसले मेन्डिससहित ३ जनालाई पक्राउ गरेको छ । एनसीबीले पछिल्लो समय कमेडियन भारती सिंह दम्पतीलाई पक्राउ गरेको थियो । सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धानको क्रममा ड्रग्सको जालोबारे खुलासा भएपछि अहिलेसम्म दर्जनभन्दा बढी सुपरस्टार ड्रग्स केसमा मुछिइसकेका छन् ।







डिसी नेपाल








Facebook Comment