बालुवाटार जग्गा प्रकरण : ७ करोड विगो दावी गरिएका पूर्वमन्त्री जोशीलाई साधारण तारेख
काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएको प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोशी लगायत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।
सोमबार अदालतमा उपस्थित भएर बयान दिएका जोशीलाई अदालतले साधारण तारेखमा छोड्ने आदेश दिएको हो। साधारण तारेखमा छोड्ने आदेश दिएसँगै उनी छुटेका छन्।
तत्कालिन भूमि व्यवस्थामन्त्रीका रुपमा जोशीले ललिता निवासको जग्गा व्यक्तिका नाममा जाने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लिएको आरोप लगाएको थियो।
अख्तियारले जोशीविरुद्ध ७ करोड रुपैयाँ विगो दावी गरेर मुद्दा दायर गरेको थियो। गत वर्ष माघमा अख्तियार मुद्दा दायर गरेको थियो। जोशीले त्यतिबेला नै आफू निर्दोष रहेको बताउँदै ७ करोड विगो तिर्न नसक्ने बताएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment