महानगरीय ट्राफिक महाशाखाको नेतृत्व परिवर्तनः ढकालको बिदाइ , भट्टराईलाई स्वागत

डिसी नेपाल
८ मंसिर २०७७ १८:१४

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व एसएसपी जनक भट्टराईले सम्हालेका छन् । आज भट्टराईलाई निवर्तमान ट्राफिक प्रमुख एसएसपी भीम प्रसाद ढकालले स्वागत गरेका थिए ।

आज एक कार्यक्रमका बीच महाशाखाका नयाँ प्रमुख भट्टराईको स्वागत र यसअघिका प्रमुख ढकालको विदाई गरिएको हो ।

ढकालको प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा भएको छ । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका छन् ।

एसएसपीद्वयको शुक्रबार गृहमन्त्रालयले नियमित सरुवा गरेको थियो । भट्टराई प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थिए ।

बिदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण काम गरेको दाबी गरेका छन् ।

आमनागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलिका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

नवनियुक्त प्रमुख भट्टराईले विगतमा पनि आफूले महाशाखाअन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा राख्‍ने बताए ।

उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना काम भएका कामहरुलाई आफूले निरन्तरता दिने पनि उनले बताए ।

आजै कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने १९ जना ट्राफिकअधिकृत र जवानलाई पुरस्कृत गरिएको छ । यसैगरी दसैँतिहार र त्योभन्दा अगाडिको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारीधनीलाई हस्तान्तरण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *