इजरायली प्रधानमन्त्रीद्वारा साउदी युवराज र अमेरिकी विदेश मन्त्रीसँग वार्ता

डिसी नेपाल
८ मंसिर २०७७ २१:०१
60
Shares

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले साउदी अरबका राजकुमार र अमेरिकी विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले उनिहरुको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन् । साउदी अरब गठबन्धन, संयुक्त अरब इमरेट्स र बहराइनसँग ऐतिहासिकरुपमा आपसी सम्वन्धलाई सामान्य अवस्थामा पु¥याउनेगरी सम्झौता भएपछि यो भेटवार्ता भएको हो ।

अब्राहम सम्झौताकोरुपमा चिनिने यस सम्झौताका बारेमा उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गरेका थिए । छलफलका लागि पोम्पेओ अघिल्लो हप्ता इजरायल पुगेका थिए । उनिहरुको भेटवार्तालाई निकै महत्वपूर्ण र अर्थपुर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.