अमेरिकाको उटाह राज्यको दुर्गम क्षेत्रमा हेलिकप्टर पाइलटले ‘अद्भूत’ मोनोलिथ भेट्टाए
काठमाडौं। अमेरिकाको उटाह राज्यको दुर्गम ठाउँमा एउटा अद्भूत र रहस्यमय मोनोलिथ भेटिएको छ । सरकारी कर्मचारीहरुले हेलिकप्टरबाट भेडा गन्ने क्रममा यो मोनोलिथ भेटिएको हो । १० देखि १२ फिट अग्लो यो मोनोलिथ जमिनमा गाडिएको छ । यो धातुबाट बनेको छ र चम्किलो छ । यो विशाल चट्टानहरुले घेरिएको छ । उटाहको हाइवे पट्रोलले मोनोलिथ र भेडाहरुको तस्वीर शेयर गरेको छ ।
View this post on Instagram
द गार्डियनको रिपोर्टअनुसार हेलिकप्टरका पाइलट ब्रेट हचिंग्सले स्थानीय समाचार च्यानल केएसएलटिभीसँग कुरा गर्दै भने ‘मैले अहिलेसम्मको उडानमा देखेको यो सबैभन्दा अद्भूत चिज थियो ।’ हचिंग्सले उटाह टिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको लागि काम गर्ने क्रममा हेलिकप्टर उडाइरहेका थिए । विभागले वन्यजन्तु संसाधन अधिकारीहरुलाई राज्यको दक्षिणी भागमा ठूलो सिङ भएका भेडा गन्न सहयोग गरिरहेको थियो ।
The @UtahDPS helicopter was assisting the @UtahDWR in counting bighorn sheep in remote southern Utah Wednesday when the crew encountered something entirely ‘out of this world’…@KSL5TV #KSLTV #Utah
Photojournalist: @Photog_Steve5 pic.twitter.com/f8P0fayDIS
— Andrew Adams (@AndrewAdamsKSL) November 21, 2020
‘एक जना बायोलोजिस्टले यसलाई देखेपछि हामी सिधै त्यसको माथि उड्यौं’ हचिंग्सले भने ‘उनले चकित परेर वाह, वाह यता घुम यता घुम भनिरहेका थिए । म अल्मलाइरहेको थिएँ र उनले त्यहाँ त्यो छ भनिरहेका थिए ।’ हचिंग्सका अनुसार यो वस्तु मानिसले बनाएको र व्यवस्थित तरिकाले गाडिएको जस्तो देखिन्छ । यो आकाशबाट खसेको जस्तो देखिँदैन ।
मेमोलिथ देखेपछि हेलिकप्टर क्रु यसलाई नजिकबाट हेर्नको लागि ल्याण्ड गरेका थिए । केएलटिभीले प्राप्त गरेको त्यहाँको भिडियोमा क्रु सदस्यहरु त्यो वस्तुको टुप्पोसम्म पुग्नका लागि एक अर्काको काँधमा चढिरहेका देखिएका छन् । ठूलो सिङ भएका भेडा उटाहका सबैभन्दा दुर्गम क्षेत्रमा बस्छन् र प्रतिकूल मौसमी अवस्थामा बाँच्छन् । मोनोलिथ हेर्न जाने प्रयासमा मानिसहरुले त्यहाँको बन्यजीवन खल्बल्याउने सक्ने खतराका कारण क्रु सदस्यहरुले मानोलिथ भएको निश्चित स्थानबारे जानकारी दिएका छैनन् ।







डिसी नेपाल








Facebook Comment