जिउँदो सालक सहित २ जना पक्राउ

डिसी नेपाल
१० मंसिर २०७७ १७:०६

भक्तपुर । लोकन्थलीबाट जिउँदो सालक सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ शितली गाउँपालिका ३ झार्लाङदी घर भएका २७ वर्षीय धुर्व बहादुर मगर र धादिङका ३१ वर्षीय भिम बहादुर मगर रहेका छन् ।

उनीहरुबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भिम बहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उक्त सालक लिएर हिँडीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइने जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *