विपद्पछि विकास निर्माणको स्थितिबारे चाैतारामा छलफल

डिसी नेपाल
११ मंसिर २०७७ ६:३७
64
Shares

सिन्धुपाल्चाेक । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन्।

विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा केन्द्रीत छलफलमा सभामुख सापकोटाले स्थानीय तहका प्रमुखहरुसँग आगामी दिनमा स्थानीय पूर्वाधार विकासका क्षेत्रमा लिनुपर्ने पहलका विषयमा राय, परामर्शसमेत लिए।

सिन्धुपाल्चोकमा गत असार २५ को बुल्कुटे–खागदल बाढी पहिरो, साउन ३० को लिदी पहिरो र सो पहिरोका कारण विस्थापित भई बाँसखर्कमा अस्थायी स्थानान्तरण भएकाहरुको अवस्था, भदौ २७ गते रातिको नागपुजे पहिरो र सो पहिरोले विस्थापित भएकाहरुको अवस्था तथा विस्थापितहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल केन्द्रीत रहेको थियो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *