नेकपाकाे सचिवालय बैठक बालुवाटार, ओलीद्वारा लिखित प्रस्ताव पेश

डिसी नेपाल
१३ मंसिर २०७७ १३:२५
100
Shares

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहित १९ पृष्ठ लामो प्रतिवेदन सचिवालयमा दर्ता गराएका थिए। प्रचण्डले प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओली समूह आक्रोशित भएको छ र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ।

प्रचण्डले आफूमाथि लगाएको आरोपको जवाफ प्रधानमन्त्री ओलीले आफ्नो प्रतिवेदनमार्फत दिएका छन्। बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

यसअघि पार्टी विवाद समाधानका लागि भन्दै ओली समूहले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए। तर प्रचण्ड पक्षले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रतिवेदनलाई पुस्तिका तयार पारी कार्यकर्तामा वितरण गरेपछि विवाद झन बढेको छ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधब कुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री राम बहादुर थापा,उपप्रधानमन्त्री ईश्वर पोख्रेल, प्रबक्ता नारायणकाजी श्रेष्ठको उपस्थित छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *