दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते
बुटवल। दाङको राप्ती गाउँपालिका–४ गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
प्रहरीका अनुसार भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको युपी–४४ एएस–८१२४ नम्बरको कार चालकको नियन्त्रणबाट बाहिरिँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटनामा परेको हो।
दुर्घटनामा कार चालक भारतको सिद्धार्थनगर नगरपालिका–६ निवासी २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा ३२ वर्षीय सनि कुमार घाइते भएका छन्।
घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment