सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बस्ने भयो नेकपा सचिवालय बैठक
फाइल तस्वीर
काठमाडौं। १३ गते बसेको सचिवलाय बैठकमा वरिष्ठ नेता माधव नेपालले पार्टीका बैठक पार्टी कार्यालयमा राख्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेपछि बोल्दै वरिष्ठ नेता नेपालले आफ्नो र झलनाथ खनालले नेतृत्व गर्दासम्म पार्टीका बैठक पार्टी कार्यालयमा नै बस्ने गरेको उल्लेख गर्दै अबदेखि पार्टीका बैठक कार्यालयमा बस्नुपर्ने सुझाव दिएपछि सोही दिन आज –मंगलबार) बस्ने तय भएको सचिवालय बैठक धुम्बाराहीमा राख्ने सहमति भएको थियो।
नेताहरु धुम्बाराही मै बैठक बस्ने भन्दै त्यही किसिमको तयारी गर्दै थिए। तर मंगलबार विहानै महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यलाई सुरक्षा संवेदनशिलता भन्दै बैठक बालुवाटारमा बस्ने सन्देश पठाएको एक सचिवालय सदस्यले डिसी नेपाललाई जानकारी दिए।
‘हिजोसम्म बैठक धुम्बाराहीमै बस्ने भन्ने थियो, तर आज विहान महासचिव कमरेडले म्यासेज गरेर सुरक्षा संवेदनशिलताका कारण बैठक बालुवाटारमा बस्ने तय भएको जानकारी दिनु भयो,’ ती सचिवालय सदस्यले भने।
स्रोतका अनुसार धुम्बाराहीमा बैठक बस्दा शीर्ष नेताहरुलाई सुरक्षा थ्रेट हुने भन्दै बैठक बालुवाटारमा सारिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment