त्रिविका क्याम्पसमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय

डिसी नेपाल
१६ मंसिर २०७७ २१:३३
76
Shares

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थिति मार्फत नियमित पठनपाठन हुने भएको छ ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले साेमबार सूचना जारी गर्दै स्थानीय निकायले तोकेको स्वास्थ्य मापदण्ड अवलम्बन गरि कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिइएको छ । भौतिक उपस्थिति मार्फत कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधि अपनाउन पनि सूचनामा भनिएको छ ।

कोरोना संक्रमण बढेपछि लकडाउन सुरु भएसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कक्षा रोकिएको थियो । प्रत्यक्ष उपस्थित भएर कक्षा सञ्चालन हुन नसकेपछि पछिल्लो समय अनलाईन कक्षा हुँदै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *