सुरक्षा निगरानी तीव्र पारिएपछि गोलबजारको अवस्था सामान्य बन्दै (तस्बिरहरू)

डिसी नेपाल
१५ साउन २०८३ १०:५२

सिरहा। बिहीबार अशान्त बनेको सिरहाको गोलबजार क्षेत्रको स्थिति शुक्रबार बिहानदेखि क्रमशः सामान्य बन्दै गएको छ।

अप्रिय घटना हुन नदिन गोलबजार र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थिति नियन्त्रणमा राख्न र सर्वसाधारणमा सुरक्षाको प्रत्याभूति दिलाउन नेपाली सेनासहितका सुरक्षा निकायहरूले गस्ती र निगरानी बढाएका छन्।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति र कडा निगरानीसँगै गोलबजार क्षेत्रको जनजीवन स्थिति सामान्यतातर्फ फर्किन थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *