विश्व प्रसिद्ध र्यापरलाई नेत्रविहीनका लागि पोर्नको कमेन्ट्री गर्ने अफर, १ मिलियन डलर दिने घोषणा
वाशिङ्टन (एजेन्सी)। लेजेण्ड्री र्यापर स्नुप डंगले गत वर्ष माइक टाइसले बक्सिंग लडेको खेलको कमेन्ट्री गरेका थिए। उनको कमेन्ट्री निकै मन पराइयो। कमेन्ट्रीमा स्नुप डगले भनेका जोकहरु भाइरलसमेत बनेका थिए।
अब उनका लागि एक अनौठो अफर आएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उनलाई पोर्न साइट हेरेर त्यसको कमेन्ट्री गर्ने अफर आएको छ।
अमेरिकी एडल्ट डेटिंग साइट आईएमलाईभले एक खुला पत्र लेखेर स्नुपलाई जबको अफर गरेको हो। सो साइटले लाईभ पोर्न हेरेर नेत्रहिनका लागि कमेन्ट्री गर्न अफर गर्दै एक मिलियन डलर दिने घोषणासमेत गरेको छ।
सो कम्पनीले पोर्नको कमेन्ट्री नेत्रहिनहरुका लागि नयाँ र मनोरञ्जनात्मक हुने विश्वास गरेको छ। तर, स्नुप डंगले हालसम्म यो विषय केही नबोलेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment