राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा मकवानपुरले हेटौँडामा गर्यो प्रदर्शन

डिसी नेपाल
१९ मंसिर २०७७ १६:५३

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आज हेटौँडामा मोटरसाइकल र्याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट नाराबाजी सहित निस्किएको र्यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्व सङ्गै भ्रष्टाचार , धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो । शहर परिक्रमापश्चात सिमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै राप्रपा केन्द्रिय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे । काङ्ग्रेस कम्युनिष्को गलत निति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारिले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे ।

पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिने बताए। राप्रपाको नेतृत्वमा असलि परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले धारणा राखे। कार्यक्रममा केन्द्रिय सदस्य नवराज बिष्ट, जिल्ला अध्यक्ष रामहरी न्यौपाने ,युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए । पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्र को माग गर्दै देशभर प्रदर्शन भैरहेको अवस्थामा राप्रपा मकवानपुरले आज पार्टीको व्यानर र झन्डामा कार्यक्रम आयोजना गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *