नेकपा सचिवालय बैठक सकियो, भोलिको स्थायी कमिटीमा दुई अध्यक्षका प्रस्ताव पेश हुने

डिसी नेपाल
२० मंसिर २०७७ १६:५२
324
Shares

काठमाडौं। नेकपा विवादका बीच शनिबार बसेको सचिवलायको बैठकले दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबारको स्थायी कमिटी बैठकमा दुबै प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै त्याग गर्नुपर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पेश गरेका छन् भने ओलीले त्यसको जवाफ दिँदै त्याग नगर्ने बताएका छन्।

अब यी दुबै प्रस्तावमाथि स्थायी कमिटीमा छलफल हुने भएको हो। ओली प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडानमा रहे पनि शनिबारको बैठकले दुबै प्रस्तावलाई स्थायी कमिटीमा लैजाने निर्णय गर्नुले नेकपामा थप विवाद चर्किने देखिएको छ।

स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *