अवैध रक्तचन्दनसहित ललितपुरबाट ६ जना पक्राउ
सांकेतिक तस्वीर
ललितपुर । ललितपुरको बाफलबाट ३ केजी ६३ ग्राम अवैध रक्तचन्दनको २ टुक्रा र पुरातात्विक जस्तो देखिने १३१८ मोरू १ लेखिएको १ थान त्रिकोण आकारको पुरानो नेपाली मुद्रा सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका १७ बस्ने सिन्धुली ढाँडखोला घर भएका २८ वर्षीय राज कुमार भन्ने हरि बहादुर मोक्तान, सिन्धुली खुर्सानीबारी स्थायी वतन भएका ५० वर्षीय टिकराम तामाङ, पेप्सीकोला बस्ने नुवाकोट थाङचिङ स्थायी वतन भएका ३१ वर्षीय प्रेम कुमार डंगोल, कलंकी बस्ने झापा धुलाबारी स्थायी वतन भएका २४ वर्षीय सोबित आचार्य, धादिङ निलकण्ठ घर भएका २१ वर्षीय शंकर ढाउन्याँ र गोकर्णेश्वर बस्ने धादिङ गजुरी घर भएका २७ वर्षीय सुमन बस्नेत रहेका छन् ।
ललितपुर महानगरपालिका १७ बाफलको वडा एरियामा बन पैदावार तथा पुरातात्विक सामग्रीहरु समेतको अवैध रुपमा किनवेच तथा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सामग्री सहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउमध्ये टिकाराम तामाङ, प्रेम वहादुर डंगोल, हरि वहादुर मोक्तान र सोवित आचार्यलाई वन ऐन अन्तर्गत कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको तथा शंकर ढाउन्याँ र सुमन वस्नेतलाई प्राचीन स्मारक ऐन बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment