किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ। पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए।
ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए। सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ।
उनका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।
यसैबीच वडाले १० जना किसानलाई जनही एक/एक वटा हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी १० जना किसानलाई उक्त हजारी निःशुल्क वितरण गरिएको हो। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment