ड्रग्सको धक्का सलमान खानको घरसम्म ! अरबाजका मेकअप आर्टिस्ट कोकिनसहित पक्राउ

डिसी नेपाल
२५ मंसिर २०७७ १४:४४
2.4k
Shares

काठमाडौं। बलिउड ड्रग्स केसको धक्का सुपरस्टार सलमान खानको घरसम्म पुगेको छ । सलमानका भाइ अरबाजका मेकअप आर्टिस्ट रहिसकेका सुरज गोदाम्बे अवैध लागूऔषध कोकिनसहित पक्राउ परेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरो सूत्रका अनुसार सुरजको साथबाट ११ ग्राम कोकिन बरामद भएको छ । सुरज अरबाज खान प्रोडक्सनका मेकअप विभागका प्रमुख थिए । यसका अलावा उनी वरुण शर्माका हेयर स्टाइलिस्ट पनि रहिसकेका छन् । सूत्रका अनुसार अब एनसीबीले अरबाज र बरुणलाई पनि सोधपुछका लागि बोलाउन सक्छ ।

एनसीबीका क्षेत्रीय निर्देशक समीर वानखेडेको नेतृत्वमा बिहीबार छापा मार्दा ओशिवारास्थित मीरा टावर नजिकैबाट २ जनालाई गिरफ्तार गरिएको छ । उनीहरुसँगबाट एक अटोरिक्सा, ड्रग्स किनबेचमा प्रयोग गरिएको ५६ हजार रुपैयाँ र कोकिनका १६ प्याकेट बरामद भएको छ । ड्रग्स किन्ने सुरज गोदाम्बे हुन् र आपूर्ति गर्ने लालचन्द्र यादव हुन् । आपूर्तिकर्ता लालचन्द्र यादव अटोरिक्सा चालक हुन् । लालचन्द्रले नाइजेरियन सिण्डिकेटको तर्फबाट लागूऔषध आपूर्ति गरिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.