सुदूरपश्चिममा दुई दिनमा २६९ जनामा कोराना सङ्क्रमण

डिसी नेपाल
२५ मंसिर २०७७ २३:११
28
Shares

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा गएको दुई दिनमा कोभिड–१९ का शङ्कास्पद ९६२ जनाको नमूना परीक्षण गरिदा २६९ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, अछाम, बाजुरा, डडेलधुरा र डोटी जिल्लाका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

दुई दिनमा थपिएका सङ्क्रमितसमेत हालसम्म प्रदेशमा कोभिड–१९ का कूल सङ्क्रमित १२ हजार १४४ पुगेका छन्। उपचार व्यवस्थापनपछि नौ हजार ९४१ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका ६५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। प्रदेशमा अहिलेसम्म ४३ जना सङ्क्रमितको मृत्यु भएको छ। पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दै गएको छ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचार कक्षमा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ। प्रदेशमा हालसम्म शङ्कास्पद एक लाख २३ हजार २२२ को नमूना सङ्कलन गरिएकोमा एक लाख २२ हजार ६६४ को परीक्षण गरिएको छ। परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२ हजार ५१७ को चार दबमलब ८० प्रतिशत हुन आउँछ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *