बालाचतुर्दशीको अघिल्लो राति पशुपतिमा जाग्राम श्रद्धालु (फोटो फिचर)
काठमाडौं। मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गर्ने भक्तजनको भीड लाग्ने पशुपति क्षेत्र यो धेरै ठूलो भीड छैन। कोरोना महामारीका कारण पशुपतिको मुल मन्दिर खुला पनि छैन। तर, केही श्रद्धालुलाई कोरोनाले रोक्न सकेन।
मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपतिमा दीपदान गरी जाग्राम बस्न केही श्रद्धालुहरु पाशुपत क्षेत्रमा आएका छन्।
पशुपतिनाथमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गरिँदै आएको छ। शनिबार राति दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइने छ।









तस्वीरहरु:तर्कबहादुर थापा
No ads found for this position
प्रतिक्रिया


Facebook Comment