रौतहट बमकाण्ड : अफतावका भाई पुर्पक्षका लागि जेल चलान
फाइल तस्वीर
काठमाडौं। रौतहटको राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली काँग्रेसका नेता पूर्वमन्त्री मोहम्मद अफताव आलमका भाई महताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन्।
२०६४ चैत २७ गते राजपुरमा भएको बमकाण्डमाथिको थुनछेक बहसपछि जिल्ला अदालत रौहटले आइतबार महतावलाई पुर्पक्षका लागि जेल पठाएको हो। राजपुरस्थित शेख इद्रिसको गोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप उनीमाथि छ।
उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको छ।
यो प्रकरणमा रौतहट क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका काँग्रेस नेता आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो। हाली उनी पुर्पक्षका लागि जेलमा छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment