भारतप्रति अमेरिका कठोर, भारतलाई चीनसँगै ‘निगरानी सूची’मा राख्यो
काठमाडौं। अमेरिकाले भारतप्रति कठोर रवैया अपनाउँदै उसलाई चीन, ताइवान लगायतका १० देशहरुको साथमा करेन्सी मेनीपुलेटर्स अर्थात मुद्रामा हेरफेर गर्ने देशहरुको निगरानी सूचीमा राखेको छ । अमेरिकाले भारतसहित जुन देशहरुलाई यो सूचीमा राखेको छ ती सबै उसका ठूला व्यापारिक साझेदार हुन् ।
यो निगरानी सूचीमा भारत, चीन, ताइवान, जापान, दक्षिण कोरिया, जर्मनी, इटली, सिंगापुर, थाइल्याण्ड र मलेसिया छन् । अमेरिकाले भियतनाम र स्विजरल्याण्डलाई यसअघि नै करेन्सी मेनिपुलेटर्सको सूचीमा राखिसकेको छ । अमेरिकाको अर्थ मन्त्रालयले बुधबार संसदमा पेश गरेको रिपोर्टमा यसको जानकारी दिइएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment