कोरोनाभाइरसबाट सङ्क्रमित बुरुण्डीका पूर्व राष्ट्रपतिको निधन

डिसी नेपाल
३ पुष २०७७ २३:१४
88
Shares

नैरोबी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो । फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहेका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिएका थिए । सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गरेको श्रेय दिने गरिन्छ ।

अस्वस्थ भएपछि उनलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् ।

“हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,” उनका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीसँग भने । अर्को एक श्रोतले भन्यो, “उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उहाँको निधन भएको हुनसक्छ ।” उनले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विशेष प्रतिनिधिका रुपमा सेवा गर्दै आउका थिए ।

तर सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उनले राजीनामा दिएका हुन् ।

तर उनले भने त्यस फैसलालाई राजनीतिक पुर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिदै आएका थिए। आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उनले उल्लेख गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.