ब्यङग्य कविता : किसान पेलेको नुनिलो चिनी

डिसी नेपाल
४ पुष २०७७ ७:१६
184
Shares

उखु है पेली ,मेशिन भित्र ,बन्दथ्यो त्यो पहिले
किसानै समेत, पेलेर कठै बनेछ यी अहिले!

त्यस्तो है खालको ,चिनी त्यो आज, बजार है भरी
दुनिया खान्छन् ब्यापारी बेच्छन गरेर मनपरी!

ऋण है गरी, लगा छ उखु न त केही उ पा छ
बेचेको उखु , माग्नमा पैसा झन अर्को ऋण ला छ!

मिलैमा बेच्न ,लैजान्छन बरा, जान्न है त्यो किन्न
बनाइ चिनी ,बेच्दछ सबै उखुको मोल दिन्न!

पाउन्न किसान, बेचेर पैसो लगाइ त्यो बाली
के गरी मान्ने नगदे बाली उधारो छ खाली!

कस्तो पो हुँदो हो देख्दामा तिन्लाइ बजारमा त्यो चिनी
उधारो दिन्नन् छैन नि पैसा खानलाई त्यो किनी!

श्रापै पो दिए कि, किसानले कतै नपाऊँदा त्यसको भोग
त्यसैले हो कि, चिनी है खाँदा लागेको सुगर रोग!

गाँउ र प्रदेश, सरकार आज ,छ नि त जहाँ त्यहीँ
मनमा पीर छ, राजस्व तिर्छ न्याय चाँहि पाउन्न कहीँ!

मधेशका लागि, लड्दै छौ भन्ने उनैका ती नेता
म देशका लागि, भएनन् कहिल्यै हेरेनन् खै त्यता!

उखुकै सरी, जीवनको त्यहाँ छैन है त्यो मूल्य
दाउरा सरी, भट्टिमा जले , जीवन अमूल्य!

कृषि है प्रधान, देशमा हरे ,किसान रोएको
गुलियो मानी, खाँदा त्यो चिनी, छैन मन छोएको?

बसेर खाँदा ,सरकारमा आज, उखुको त्यो चिनी
गुलियो छ कि, नुनिलो कतै आँशुको स्वाद दिनी?

न्याय है खोज्दै, राजधानी आँउदा बाध्य भै त्यो आज
खुट्टा नि दुखि ,गला नि सुकी ,ढलेको त्यही माँझ

नातागत ठानी ,पिँउन है दिँदा, चिनीको त्यो पानी
पुलुक्क हेर्यो इन्कार गर्यो आँशु कै झोल ठानि!

(ब्यङग्य कवि पहिलो ब्यङग्यकाब्यकार समेत हुन् उनको ‘कोइली’ ब्यङग्यकाब्य बजारमा उपलब्ध छ)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.