ग्लोबल स्टार अवार्डमा अश्विनी झालाई ‘उत्कृष्ट पेजेन्ट कोरियोग्राफर अवार्ड’, पल शाह बने ‘स्टार अफ द डिकेड’

डिसी नेपाल
२ जेठ २०८३ १६:०८

काठमाडौं। राजधानीको होटल मर्क्युरमा भव्य रूपमा आयोजना गरिएको ‘ग्लोबल स्टार अवार्ड-२०२६’ मा चर्चित कोरियोग्राफर अश्विनी झाले ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ हात पारेका छन्।

विगत लामो समयदेखि नेपाली ब्युटी पेजेन्ट तथा फेसन क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका झाले यस वर्षको सर्वोत्कृष्ट पेजेन्ट कोरियोग्राफरको विधामा आफूलाई अब्बल सावित गर्दै सो अवार्ड चुमेका हुन्।

अहिलेसम्म तीन सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शोहरूको सफल कोरियोग्राफी गरिसकेका झाले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड र सम्मानहरू प्राप्त गरिसकेका छन्। अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै झाले आजसम्म आफूलाई सहयोग गर्ने सम्पूर्ण टिमका सदस्य, आयोजक तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरे। उनले यो सम्मानले आफूलाई आगामी दिनमा अझ उत्कृष्ट र परिष्कृत काम गर्ने थप जिम्मेवारी र प्रतिबद्धता जगाएको समेत बताए।

विभिन्न विधाका विजेताहरू र सम्मान

त्यसका साथै उक्त भव्य समारोहमा आ–आफ्नो विधामा उल्लेखनीय योगदान पुर्‍याउने कलाकर्मीहरूलाई विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। जस अन्तर्गत नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकार पल शाहलाई ‘स्टार अफ द डिकेड’ उपाधिबाट नवाजियो भने वरिष्ठ गायक यम बराललाई प्रतिष्ठित ‘लेगेसी अचिभमेंट अवार्ड’ प्रदान गरियो।

भिडियो मोडलिङतर्फ मोडल उषा उप्रेतीले ‘एक्सेलेंस इन म्युजिक भिडियो मोडलिङ्ग अवार्ड’ जितिन् भने अम्बिका तामाङ्गले ‘राईजिङ्ग स्टार मोडलिङ्ग अवार्ड’ प्राप्त गरिन्। यस्तै, म्युजिक भिडियो निर्देशनतर्फ देवेन्द्र पाण्डेले ‘एक्सेलेंस इन म्युजिक भिडियो डाईरेक्टर अवार्ड’ र अलिश खनालले ‘राईजिङ्ग स्टार म्युजिक भिडियो डाईरेक्टर अवार्ड’ हात पार्न सफल भए।

फेसन र ब्युटी विधा तर्फ दिपा शाहीले ‘इन्नोभेटिभ ब्यूटी एक्सपर्ट अवार्ड’, सुष्मा घिसिङ्ग तामाङ्गले ‘क्रिएटिभ फेशन डिजाईनर अवार्ड’, श्रिनी धाख्वाले ‘इन्नोभेटीव फेशन डिजाईनर अवार्ड’ र रोजिना योन्जनले ‘इमरजींग फेशन डिजाईनर अवार्ड’ जिते। फेसन मोडलिङमा सरिता तामाङ्गले ‘एक्सेलेंस इन फेशन मोडलिङ्ग अवार्ड’, सपना जनकले ‘स्टाइलीस मोडल अवार्ड’ र राधाकृष्ण बसौलाले ‘क्रिटिक्स चोइस मोडल अवार्ड’ प्राप्त गरे।

इभेन्ट विधा तर्फ भोटिंग कम्पनी ‘अभेंटोज’ लाई ‘अवार्ड अफ एक्सेलेंस इन इभेन्ट भोटिंग’ प्रदान गरियो। अवार्ड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आ–आफ्नो स्थानबाट कला र संस्कृतिमा उल्लेखनीय योगदान पुर्‍याउने थुप्रै विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै सुखद रूपमा सम्पन्न भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *