बच्चा रोएपछि मातापिताले छिमेकीलाई लेखे गजबको चिठी, सामाजिक संजालमा भाइरल
काठमाडौं। नवजात बच्चाहरु धेरै रुन्छन्, यो कुरा हामी सबैलाई थाहा छ । तर, बच्चा रोएपछि छिमेकीलाई हुने समस्यालाई लिएर अमेरिकामा एक दम्पतीले जे गरे त्यो निकै गजबको छ । अमेरिकामा एक जोडीले आफ्नो बच्चा रोएर रातमा हुन सक्ने समस्याका विषयमा छिमेकीलाई पत्र लेखेर माफी मागेका छन् । अहिले यो पत्र सामाजिक संजालमा भाइरल भइरहेको छ ।
मातापिता म्याथ्यु र केली वार्डले पत्रमा लेखेका छन् ‘कैयौं रातको निद्रा खराब भएपछि पनि ४ महिनासम्म यो सबै सहनुभएकोमा धन्यवाद ।’ साथमा उनीहरुले छिमेकीलाई यो जानकारी पनि दिएका छन् कि यो समस्याबाट मुक्ति पाउन उनीहरुले बच्चालाई रो–इट आउट विधिबाट हुर्काइरहेका छन् । यो विधिमा शिशुले स्वयं आफू कतिबेला सुत्नुपर्छ भन्ने सिक्न सक्छन् ।
neighbors left this on the door.. im gonna bake them some cookies ? pic.twitter.com/SQ0BiF6yTW
— Make America Purrr Again (@KittyBeeJr) December 14, 2020
पत्रमा भनिएको छ ‘यदि तपाइँ रुनुहुन्छ भने कृपया मेरो लागि प्रार्थना गर्नुस् र जान्नुस् कि म पनि रोइरहेको छु र पागल भइरहेको छु । खुनै पनि असुविधाको लागि म खेद व्यक्त गर्दछु । यसबाट तपाइँलाई अपेक्षा हुन सक्छ कि यो लामो समयसम्म चल्ने छैन ।’ क्याफेममको रिपोर्टअनुसार अभिभावकले आफूहरुले अपनाइरहेको तरिकाले काम नगरेमा उनीहरुले कामबाट विदा लिने पनि बताएका छन् ।
पत्रमा बच्चाका पिताले छिमेकीसँग सम्बन्ध सुधार गर्नको लागि जे गर्नुपर्ने हो त्यही गर्ने पनि बताएका छन् । उनले छिमेकीहरुलाई आफ्नो घरमा पार्टीको लागि निमन्त्रणा पनि दिएका छन् । पत्र पाएपछि छिमेकीमध्येका एकले यो चिठी ट्वीटरमा पोस्ट गरेका थिए । उनका छिमेकी एम्बर बेनेटले उनीहरुलाई कुकिज बनाएर दिने बताए । उनले बच्चालाई शौचालय सेट पनि उपहार दिए ।







डिसी नेपाल








Facebook Comment