भारतमा ५ करोड डोज कोरोना भ्याक्सिन तयार, १० दिनभित्र स्वीकृति दिने तयारी

डिसी नेपाल
४ पुष २०७७ १६:०६
212
Shares

काठमाडौं। अमेरिकामा उत्पादिन दुई कोरोना भ्याक्सिनले स्वीकृति पाइसकेका छन् र अब तेस्रो भ्याक्सिनलाई स्वीकृति दिने तयारी भइरहेको छ । ब्रिटिश टेलिग्राफको रिपोर्टअनुसार अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनलाई पनि २८ वा २९ डिसेम्बरमा बेलायती अधिकारीहरुले स्वीकृति दिन सक्छन् । अक्सफोर्ड भ्याक्सिनको ठूलो परिमाणमा भारतमा उत्पादन भइरहेको छ ।

बेलायतमा डिसेम्बरको अन्तिममा यो भ्याक्सिनलाई स्वीकृति दिइएपछि जनवरीमा लाखौं डोज आम मानिसहरुलाई दिन सकिनेछ । सोमबार बेलायतको नियामक निकायमा स्वीकृतिका लागि ट्रायलको रिपोर्ट बुझाइँदैछ । रिपोर्टअनुसार भारतमा यो भ्याक्सिनको ५ करोडभन्दा धेरै डोज तयार भइसकेको छ । बेलायतमा अक्सफोर्डको भ्याक्सिन आम मानिसहरुलाई दिन पहिले नै तयारी भइसकेको छ । रिपोर्टका अनुसार बेलायतले इतिहासकै ठूलो भ्याक्सिनेसन अभियान सुरु गर्दैछ ।

बेलायतमा फाइजरको कोरोना भ्याक्सिन आम मानिसहरुलाई दिन सुरु भइसकेको छ । फाइजरको भ्याक्सिन दिन सुरु भइसकेको भए पनि बेलायतमा तेस्रो लकडाउनको खतरा कायमै छ । एकातिर निश्चित मापदण्डमा परेकाहरुलाई भ्याक्सिन दिइँदैछ भने अर्कोतर्फ बिरामीको संख्या बढिरहेको छ । बेलायतले अक्सफोर्ड भ्याक्सिनको १० करोड डोजको अर्डर दिएको छ । योमध्ये ४० लाख डोज बेलायतले तत्काल पाउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.