नेहा कक्कड गर्भवती भएको कुरा सत्य होइन, यस्तो हो फोटोको वास्तविकता
काठमाडौं। केही महिनाअघि विवाह गरेकी गायिका नेहा कक्कडले केही दिनअघि इन्स्टाग्राममा एउटा फोटो शेयर गरिन् । यो फोटोमा उनको पेट बढेको देखिएको थियो । पति रोहनप्रित सिंहको अंगालोमा रहेकी नेशाको पेट बढेको देखिएपछि सबैले नेहा गर्भवती भएको ठाने । कैयौं भारतीयदेखि नेपाली मिडियामा समेत नेहा गर्भवती भएको भन्दै समाचार आए । तर, खासमा नेहा गर्भवती भएको कुरा सत्य होइन ।

नेहा स्वयंले आज यो कुराको खुलासा गरेकी हुन् । जुन फोटोलाई लिएर नेहा गर्भवती भएको दावी गरिएको थियो त्यो फोटो खासमा नेहाको म्युजिक भिडियोको लागि खिचिएको थियो । यो म्युजिक भिडियोमा नेहा आफ्ना पति रोहनप्रितसँगै देखिँदैछिन् । नेहाले आज म्युजिक भिडियोको पोस्टर शेयर गर्दै फोटोको वास्तविकताको खुलासा गरेकी हुन् । उनले अघिल्लो फोटोका क्याप्सनमा लेखेको ‘खयाल रख्या कर’ खासमा उनको म्युजिक भिडियोको नाम हो ।
View this post on Instagram
यो म्युजिक भिडियो २२ डिसेम्बरमा रिलिज हुँदैछ । यो खबर बाहिरिएसँगै पहिले नेहा गर्भवती भएको ठानेका फ्यानहरु असन्तुष्ट देखिएका छन् । गर्भावस्थालाई मजाक बनाएको भन्दै फ्यानले असन्तुष्टि व्यक्त गरेका छन् । नेहा र रोहनप्रितको बिहे २४ अक्टोबरमा भएको थियो । कोरोना महामारीका कारण यो बिहे भव्य हुन नपाए पनि उनीहरुको बिहे डिजिटल प्लेटफर्ममा भने निकै चर्चामा थियो ।







डिसी नेपाल








Facebook Comment