माओवादी केन्द्रको नेवा ताम्सालिङ प्रदेशको भेला
काठमाडौं। कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र)को नेवा ताम्सालिङ प्रदेशको भेला शनिबार राजधानीको संवाद डबलीमा सम्पन्न भएको छ। भेलाले प्रकाश दाहालको नेतृत्वमा ५१ सदसिय कार्यसमिति सर्बसहमतिले चयन गरेको छ।
सो नव–निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सो पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी‘शुशिल’ले वर्तमान सत्ता र प्रमुख प्रतिपक्ष नेपाली काँगे्रस दुबैमा देश र जनताप्रति उत्तरदायीत्वको भावना नभएको आरोप लागाएका छन्। सत्तसिन पार्टी(नेकपा) भित्र चरम गुटबन्दी र सत्ताको लुछाचुँडी रहनु र नेपाली काँग्रेसमा प्रभावशाली नेतृत्वको खडेरी हुनुले जनताले वैकल्पिक शक्तिको आगमनको पर्खाइमा रहेको बताउँदै त्यो आवश्यकता पूर्ति गर्न आफूहरु अभ्यासरत रहेको पनि बताए।
वरिष्ठ नेता तिलक थापाले पनि नव–निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै देशभर जनताको भरोसायोग्य पार्टी बनाउन कार्य गर्न आह्वान गरे।
पार्टी सचिब तथा तीन नम्बर प्रदेश इन्चार्ज मेघबहादुर खत्रीले आन्तरिक र बाह्य सकारात्मक र नकारात्मक पक्षलाई ख्याल गर्दै पार्टी र क्रान्तिलाई अगाडी बढाउन एक साथ हुनु पर्ने बताए। त्यसैगरी पार्टी सचिब अरुण घिसिङले आफ्नो पार्टीका पूर्व–अध्यक्ष गोपाल किराँतिले माक्र्सवादी विचार सिद्धान्तलाई परित्याग गरी बुद्ध धर्ममा मिसाएर पार्टी र क्रान्तिलाई धोका दिएको आरोप लगाए।
नेकपा क्रान्तिकारी (वैद्य)का केन्द्रीय सदस्य जीवन थापा, नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य कृष्णहरि भट्ट, नेकपा मालेका केन्द्रीय सदस्य दिनेश खाति, राष्ट्रिय जनमोर्चाका बागमति प्रदेशका सचिब शिबहरि खनाल, नेकपा माओवादी र नेकपा वोल्सेभिकका प्रतिनिधी गरी ६ पार्टीलै आजको भेलाबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। सो भेला कार्यक्रममा नेकपा क्रान्तिकारीका बैकल्पिक केन्द्रीय सदस्य गणेश गोतामे नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। उनलाई पार्टी अध्यक्ष बुढाथोकी लगायत सबैले बधाई तथा शुभकामना दिए।
भेलाले उपाध्यक्षमा रामप्रसाद मैनाली र धरेन्द्र लामा, सचिवमा योगेश राल्फाली, मिना चन्द, भरत तुलाधर र रमेश थपलिया लगायत ५१ सदसिय कार्यसमिति चयन गरेको हो। कार्यक्रम प्रदेश समितिका नि–वर्तमान सचिव कपिल सिजापतिले सञ्चालन गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment