राहुल गान्धी फेरि काँग्रेस अध्यक्ष बन्दै

डिसी नेपाल
४ पुष २०७७ १९:३५
76
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतीय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी फेरि पार्टी अध्यक्ष बन्ने लगभगतय भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार शनिबार अध्यक्ष सोनिया गान्धीले पार्टीका नेताहरुसँग ५ घण्टा छलफल गरेकी छन्।

सो छलफलमा राहुल गान्धीलाई फेरि अध्यक्ष बनाउने विषयमा नेताहरुले जोड दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बैठकमा राहुल गान्धीले पार्टीले जे जिम्मेवारी दिए पनि आफूले पूरा गर्ने बताएको जनाइएको छ।

यसअघि २०१९ को आम निर्वाचनमा काँग्रेसले नराम्रोसँग पराजय भोगेपछि राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि उनकी आमा सोनिया गान्धी कार्यबाहक अध्यक्ष बनेकी थिइन्।

राहुल गान्धीले २०१६ देखि १९ सम्म पार्टीको नेतृत्व गरेका थिए। तर, उनको नेतृत्वमा पार्टीले खासै राम्रो प्रदर्शन गर्न सकेन। उल्टै इतिहासमै कमजोर बन्यो। तर, पनि गान्धी परिवारका सदस्य राहुललाई नै अध्यक्ष बनाउनुपर्ने काँग्रेस कार्यकर्ताहरुले बताउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *