देशमा राजनीतिक अस्थिरता सिर्जना गर्न खोजियोः नेता अधिकारी

डिसी नेपाल
४ पुष २०७७ २३:१५
36
Shares

कास्की । प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले राजनीतिक अस्थिरता निम्त्याएर देशलाई अराजकतातर्फ धकेल्न खोजिएको बताएका छन्।

लेखनाथ सामुदायिक सेवा केन्द्रको सातौँ अधिवेशनबाट निर्वाचित कार्य समितिको आज गरिएको पदभार ग्रहण कार्यक्रममा उनले राष्ट्रिय अखण्डताको पक्षमा दृढका साथ उभिएको वर्तमान सरकारलाई अहिले चौतर्फी राजनीतिक घेराबन्दी गरिएको बताए ।

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास र सामाजिक सङ्घ संस्थामा राजनीतिले प्रभाव पार्न नहुने बताए। रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सामाजिक विकृतिविरुद्ध सञ्चालन गरिने अभियानमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सेवा केन्द्रको सातौ अधिवेशनबाट अध्यक्षमा त्रिलोचन लामिछाने, उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुङ्गाना, सचिवमा कृष्णप्रसाद अधिकारी, कोषाध्यक्षमा गङ्गाकुमारी खनाल र सहसचिवमा हरि बस्ताकोटी निर्वाचित भएका थिए ।

यसैगरी सदस्यहरुमा गणेश ढुङ्गाना, दीपक भण्डारी, बुद्धिमाया थापा मगर, बुद्धिसागर पौडेल, सुरजजङ्ग राणा, शिवबहादुर रानाभाट, विनोद थापा र राजु अधिकारी निर्विरोध निर्वाचित भएका थिए। केन्द्रले साविक लेखनाथ र रुपा गाउँपालिकालाई कार्यक्षेत्र बनाइ विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *