कमला न्यौपानेको देशभक्ति गीत ‘पुण्य कमाऊ’ सार्वजनिक

डिसी नेपाल
४ पुष २०७७ २३:१८
172
Shares

काठमाडौं। कमला न्यौपानेको शब्द, प्रबिण बेडवालको कर्णप्रिय स्वरमा न्ह्यु बज्रचार्यले संगीत भरेको देश भक्ति गीत ‘पुण्य कमाऊ’ न्ह्यु बज्रचार्यको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। गायक प्रबिण बेडवाल नेपाल आयडल सिजन ३ का उप बिजेता हुन्।

देशभक्ति गीत ‘पुण्य कमाऊ’लाई प्रवाल लामाले एरेन्ज गरेका छन् भने डोरेमी स्टुडियोमा गीत रेकर्ड गरिएको थियो।

‘प्रदेशमा हुँदा आफ्नो जन्मभुमीको असाध्य नै माँया लाग्दो रहेछ, यस्तै भाव भएको यो गीत यहाहरु समक्ष प्रस्तुत गरेको छु,’ गीतकार कमला न्यौपानेले डिसी नेपालसँग भनिन्।

सो  गीत न्ह्यु बज्रचार्यको युटुब च्यानलमार्फत हेर्न सकिने गीतकार कमला न्यौपानेले जानकारी गराएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *