सभापतिमा मेरो दाबी रहन्छ : प्रकाशमान सिंह (भिडियाे)
वाशिंटन डिसी। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले आगामी १४ औं महाधिवेशनमा आफ्नो सभापतिमा दाबी रहने बताएका छन्। आइतबार डिसी नेपालसँग कुरा गर्दै नेता सिंहले १४ औं महाधिवशेनमा आफूले सभापतिमा उम्मेद्वारी दिने बताएका हुन्।
नेता सिंहले देशभरका कार्यकर्ताले आफूलाई सभापतिमा उठ्न सुझाव दिएको र आफूले कार्यकर्ताको भावनालाई कदर गर्दै सभापतिमा उम्मेद्वारी दिने बताएका हुन्।
नेता सिंहले वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई सही नेतृत्व दिन नसकेको र आफ्नो ध्यान पार्टीलाई कसरी संस्थात बनाउने भन्नेमा रहेको दाबी गरे।
फरक प्रसंगमा वर्तमान सरकार भ्रष्टाचारमा जकेडिएको आरोप लगाए। उनले कांग्रेसले भ्रष्टचार गरेको भए कारवाही गर्न सरकारलाई चुनौती दिए। ‘वर्तमान सरकारले सही ढंगले काम गर्न सकेन, सरकार भ्रष्टाचारमा जकेडिएको छ,’ डिसी नेपालको कार्यक्रम नुन, चिनी, पानी कार्यक्रममा नेता सिंहले भने, ‘यदि कांग्रेसले पनि भ्रटचार गरेको भए कारवाही गर्न चुनौती दिन्छु।’
फरक प्रसंगमा नेता सिंहले उखु किसानको माग सही रहेको र त्यसलाई समाधान गर्ने जिम्मा रहेको बताए। उनले पाँच नम्बर प्रदेशका कांग्रेसका नेताले नै उखु किसानमाथि शोषण गरेको भए कारवाही हुनुपर्ने बताएका छन्।
नेता सिंह गरेको गरेको भिडियो कुराकानी
No ads found for this position

डिसी नेपाल
Facebook Comment