महिलाको शव फेला

डिसी नेपाल
५ पुष २०७७ १२:२३
184
Shares

झापा । शनिबारदेखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आइतबार (आज) बिहान मृत फेला परेकी छिन्।

बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन्। स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन्।

प्रहरीले शङ्कास्पद अवस्थामा महिलाको शव फेला परेपछि सङ्घीय एकाइ कार्यालय धरानबाट तालीम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *