नेपालमा ‘ग्लोबल अथर अवार्ड २०२६’: विभिन्न देशका ४५ जनालाई अवार्ड
काठमाडौं । ‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘ग्लोबल अथर अवार्ड २०२६’ आयोजना गरिएको छ । अवार्ड पाउनेहरुमा ४५ जना छन् ।
आइतबार काठमाडौं लाजिम्पाटमा भएको कार्यक्रममा विश्वका विभिन्न देशका प्रतिष्ठित लेखक तथा व्यक्तित्वहरूलाई फरक फरक विधानमा अवार्ड प्रदान गरिएको हो ।
इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्काका अनुसार साहित्यिक उत्कृष्टताको सम्मान गर्ने, समाजमा लेखकहरूको योगदानको पहिचान गराउने तथा विभिन्न राष्ट्रबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाललगायत भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्स (दुबईसहित) बाट आएका लेखकहरुलाई अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रममा प्राज्ञिक क्षेत्र, साहित्य, अनुसन्धान तथा पूर्वसांसद प्राडा चन्दा कार्की, प्राडा सुरेन्द्र केसी, भुवनहरि सिग्देल संस्थाकी संस्थापक शीतल खड्कालगायले अवार्ड वितरण गरेका हुन् ।
संस्थापक खड्काले साहित्यले राष्ट्र, संस्कृति र पुस्ताहरूलाई जोड्ने अद्भुत काम गर्ने बताउँदै यस कार्यक्रममार्फत नेपालको समृद्ध सांस्कृतिक सम्पदा र परम्परागत हस्तकलालाई विश्वसामु परिचित गराउन पाउनु गर्वको विषय भएको धारणा व्यक्त गरेकी छन् ।
अवार्ड पाउनेहरु को को ?
डा. अदिति कुमार (अष्ट्रेलिया)– गोरखनाथ मन्दिर
डा.फिलेमोन खड्का क्षेत्री (नेपाल)
सञ्जय सिग्देल (नेपाल)– टुप्पी बाजे
सुशील कुमार रिजाल (नेपाल)– शिखण्डी
मधु पौडेल (नेपाल)– ए डिक्सनरी अफ बिजनेस टर्मिनोलोजीज
रोहिणी राणा – मेमोरिज अन ए प्लटर.
चञ्चला दास (नेपाल) – मिथिलाक उत्सव धारा
डा. वैदेही ताडमान – अभिनवगुप्त
जोन बी वास्को (यु.एस.ए.)
रामस (सिङ्गापुर)
अनुराग अस्लिया (दुबई)
प्रा.अतिकुर रहमान (यु.एस.ए.÷बंगलादेश)
डा. दिपमाला वर्मा (भारत)
प्रा. हर्षसुख राम छारंग (भारत)
डा. ललित मोहन (भारत)
प्रा. अब्दुर्रहीम के. (भारत)
डा. मनिष गुञ्जन (भारत)
डा. विशन कुमार (भारत)
डा. रुपाली दिलीप तारु (भारत)
डा. बिना रानी (भारत)
सरला भिरुड (भारत)
डा. रवि दत्त शर्मा (भारत)
डा. जनीश जजीकलायाम (भारत)
डा. सिद्धि गुप्ता (भारत)
सी.ए. सञ्जु अधिकारी (यु.एस.ए.)
मोहम्मद तस्लिम (भारत)
डा. कृष्ण पाल (भारत)
राजु नेपाल (नेपाल) – श्रीमद्भागवद् गीता
केनी पाण्डे, पीएचडी (यु.एस.ए.÷नेपाल) – अदर साइड अफ प्याराडाइज
राजु महर्जन (नेपाल) – बुद्ध जीवनी
स्व. कालु कुमाले (कुम्हा) (नेपाल) – देवता बनाउने मान्छे
डा. सुनिता पान्त्रो (नेपाल) – पृथ्वी और सौरमण्डल
डा. राजेन्द्र के.सी. (नेपाल) – द पावर अफ माइन्डसेट
आष्मान उपाध्याय – जीके किङ चौथो संस्करण २०८३
हिरा काजी श्रेष्ठ – संसार (अंग्रेजी संस्करण)
डा. चित्रबहादुर क्षेत्री – द ब्लड कोभेन्ट
वरुण कान्ता अधिकारी – प्रकृतिको मन
नेम खड्गे (यु.एस.ए.) – इट अल बिगिन्स विथ यु
प्रा.डा. विकास देसार (नेपाल) – लभ, लाइफ एन्ड ह्याप्पीनेस
मोहन कृष्ण श्रेष्ठ (नेपाल) – कूटनीतिमा तीन दशक
डा. राजेन्द्र कुमार लाल दास (नेपाल) – ड्युटी फ्री दुनियाँ
बिक्रम भक्त जोशी (नेपाल) – चोभार ब्लुज
लिमा धर (भारत) – मम एन्ड आई लभ अ टेररिस्ट
जनकबहादुर चेम्जोङ (क्यानाडा) – न्यु ब्लुम्स एन्ड रेजिलिएन्स
डा. नाजिस बेगम (भारत) – फातिमा शेख…
No ads found for this position


डिसी नेपाल
Facebook Comment