ओली समूहले बहिस्कार गरेको नेकपा स्थायी कमिटी बैठकले गर्यो ओलीलाई कारबाही गर्ने निर्णय
फाइल तस्वीर
काठमाडौं। सत्तारुढ दल नेकपाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उनी निकट स्थायी कमिटी सदस्यहरुले बहिस्कार गरेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशानको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो। संसद विघटनपछि प्रधानमन्त्री निवास बालुपाटारमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो।
बैठक नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चालन गरेका थिए। ४२ सदस्यीय नेकपा स्थायी कमिटी सदस्य मध्ये बैठकमा २७ जना उपस्थित रहेको स्थायी कमिटी सदस्य गाणेश शाहले जानकारी दिए।
बैठकपछि बोल्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संस्द विघटनलाई कुकृत्य गरेको निष्कर्ष निकालेको छ। प्रवक्ता श्रेष्ठले ओलीमाथि अनुशानको कारबाही गर्ने प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको जानकारी दिए। उनले यही पुस ७ गते केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिए।
तर बालुवाटारमा बसेको स्थायी कमिटी बैठक अवैध भएको ओली निकट नेताहरुले बताएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment