कृष्णबहादुर महरा नेकपा स्थायी कमिटी सदस्य

डिसी नेपाल
५ पुष २०७७ १८:००

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपाको स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ। आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटी बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

तत्कालिन माओवादी नेता महरा सभामुख भएकाले नेकपा स्थायी कमिटीमा थिएनन्। तर, संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। उनी पुर्पक्षका लागि केही महिना जेलसमेत बसे। काठमाडौं जिल्ला अदालतले महराको पक्षमा फैसला गरेपछि उनी राजनीतिमा फेरि देखिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *