जो बाइडेनले रुसलाई सजायको घोषणा गरे

डिसी नेपाल
६ पुष २०७७ ११:१०
2.5k
Shares

काठमाडौं। अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले रुसलाई सजायको घोषणा गरेका छन् । अमेरिकाका सरकारी विभागसहितका संस्थानमा गरेको ह्याकिङको लागि उनले सजाय घोषणा गरेका हुन् । आगामी २० जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि बाइडेनले रुसमाथि आथिृक प्रतिबन्ध लगाउनेदेखि बदलामा रुसमाथि साइबर आक्रमण गर्नेसम्मको सजाय घोषणा गरेको स्रोतलाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो साइबर आक्रमणमा चीनको हात हुन सक्ने बताएका छन् तर उनकै विदेश मन्त्री माइक पोम्पियोले भने साइबर आक्रमण रुसले गरेको बताइरहेका छन् । आइतबार ट्रम्पका आलोचक मानिने रिपब्लिकन सिनेटर मिट रोम्नीले भ्लादिमिर पुटिन सरकारले अमेरिकामाथि आक्रमण गरेको बताए ।

‘यसले के देखाउँछ भने रुसले दण्डहीनताको सीमा नाघेको छ’ रोम्नीले एनबीसीको मिट द प्रेसमा भने ‘उनीहरु हामी साइबर क्षमताले के गर्न सक्छौं भन्ने कुरासँग डराउँदैनन् । उनीहरुले सोच्दैनन् कि हाम्रो रक्षा क्षमता पर्याप्त छ र उनीहरुले सोचेनन् कि हामी आक्रामक तरिकाले प्रतिवाद गर्नेछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.