प्रताप दास र एन्जिला रेग्मीको स्वरमा विजय शिवाकोटीको ‘लैजाउँ लैजाउँ लाग्छ’

डिसी नेपाल
६ पुष २०७७ १४:१३
304
Shares

काठमाडौं। लोकप्रिय गीतकार विजय शिवाकोटीको नयाँ गीत ‘लैजाउँ लैजाउँ लाग्छ’ रिलिज हुँदैछ । शिवाकोटीको शब्दमा प्रताप दास र एन्जिला रेग्मीले स्वर दिएका छन् । नौलो डिजिटलको ब्यानरमा तयार भएको यो गीतको म्युजिक भिडियो तयार भइसकेको र छिटै रिलिज हुने गीतकार शिवाकोटीले बताएका छन् ।

म्युजिक भिडियोको निर्देशन रोशन पुरीले गरेका हुन् । गीतको संगीत कम्पोज र एरेन्ज जीवन बाबुले गरेका छन् । बिग परिवेश स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, एन्जिला रेग्मी, विष्णु सापकोटा, अजयश्री मगर र चाहना बस्याल फिचर्ड छन् । ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफीमा तयार भएको भिडियोमा ड्रोन टार्जन लिम्भले अपरेट गरेका छन् भने भिडियोको सम्पादन दिसन शाहले गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.