युरोपेली युनियनद्वारा कोरोना भाइरसविरुद्धको खोप स्वीकृत

डिसी नेपाल
७ पुष २०७७ ०:१०
120
Shares

आम्सटर्डम (एपी)। युरोपी युनियनले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई बजारमा ल्याउन स्वीकृति दिएको छ। समाचार एजेन्सी एपीका अनुसार युरोपेली युनियनको मेडिकल एजेन्सीले शर्तसहित स्वीकृति दिएको हो।

यो स्वीकृति दिएसँगै अब युरोपेली युनियनमा आवद्ध २७ मुलुकमा भ्याक्सिनेशनका लागि बाटो खुला भएको छ। युरोपेली कमिसनकी प्रमुख उर्सुला भान डेर लिएनले आवश्यक सुरक्षा शर्तसहित खोपलाई स्वीकृति दिएको बताएकी छन्।

यसअघि बेलायतले सबैभन्दा पहिलो यो खोपलाई स्वीकृति दिएको थियो। त्यसपछि अमेरिकाले स्वीकृति दिएको थियो। हाल बेलायत र अमेरिकामा भ्याक्सिनेशनको काम भइरहेको छ। हालसम्म एलर्जी हिस्ट्री भएकाहरुमा यो खोपले अत्यधिक एलर्जी रियाक्शन गरेको छ। तर, अन्य मानिसहरुमा भने हालसम्म कुनै साइड इफेक्ट देखिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.