अमेरिकाको हवाइमा ज्वालामुखी विष्फोट भएपछि स्थानीयलाई घरमै बस्न आदेश

डिसी नेपाल
७ पुष २०७७ १२:४६
136
Shares

काठमाडौं। अमेरिकाको हवाइ द्विपमा ज्वालामुखी विष्फोट भएपछि हवाइ काउन्टीको सिभिल डिफेन्स एजेन्सीले त्यहाँका स्थानीयलाई घरभित्रै बस्न भनेको छ । लगातार भूकम्पको धक्कापछि यहाँको किलाउआ ज्वालामुखी भड्किएपछि प्रशासनले यस्तो आदेश दिएको हो । आइतबार अबेर राती बिग आइल्याण्डको हालेमाउमाउ क्रेटरमा ज्वालामुखी भड्किएको हो ।

सीएनएनका अनुसार ज्वालामुखीको मुहानमा लाभा निस्किएको देखिएकोले स्थानीयलाई सचेत रहन भनिएको छ । हावाले लाभा र खरानी उडाएर ल्याउन सक्ने भएकोले घरभित्रै रहन भनिएको छ । यहाँको हिलो नजिकै केन्द्रविन्दू भएको ४.४ म्याग्नेच्युटको भूकम्पपछि ज्वालामुखी भड्किएको हो । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार लगत्तै २.५ देखि २.७ म्याग्नेच्युडका अन्य ७ धक्का पनि रेकर्ड गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.