क्रिकेटर सुरेश रैना, गायक गुरु रन्धावासहित कैयौं चर्चित हस्तीहरु गिरफ्तार
मुम्बइ। महाराष्ट्रको मुम्बइमा कोरोना नियमको उल्लंघन गर्दै पार्टी गर्नेहरुमाथि प्रशासनले कारवाही गरेको छ । मुम्बइको एक क्लवमा पार्टी गरिरहेका करिब ३४ जनालाई पुलिसले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैयौं चर्चित हस्तीहरु भएको बताइएको छ ।
जानकारीका अनुसार पक्राउ पर्नेहरुमा क्रिकेटर सुरेश रैना, गायक गुरु रन्धावा समेत छन् । सुरेश रैना र गुरु रन्धावालाई पछि जमानतमा छोडिएको बताइएको छ । केही महिलाहरु पनि पक्राउ परेको बताइएको छ तर उनीहरुबारे जानकारी दिइएको छैन । मुम्बइ एयरपोर्टनजिकै जेडब्लु मेरियट होटलको क्लवमा यो पार्टी भइरहेको थियो । पार्टीमा कोरोना नियमको उल्लंघन भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment