नेकपा फुटको असर प्रदेशमा, बाग्मती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता
फाइल
काठमाडाैं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाे छ। शुक्रबार संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरिएकाे हाे।
प्रचण्ड- नेपाल समूहका ४५ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। यस्तै बागमती प्रदेशका तीन जना मन्त्रीहरुले पनि राजीनामा दिएका छन्।
आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाले राजीनामा दिएका हुन्। केन्द्र तहमा दुइ गुटमा विभाजित नेकपाको दन्द्ध प्रदेशसम्मै पुगेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment